किसानलाई निःशुल्क बिजुली र गरिबको उत्थान हाम्रो प्राथमिकताः कुलमान

खबर नागरिक

भैरहवा ।  लुम्बिनी उज्यालो नेपाल पार्टीले आगामी दिनमा किसानहरूका लागि कृषि प्रयोजनमा प्रयोग हुने विद्युत् पूर्ण रूपमा निःशुल्क गर्ने घोषणा गरेको छ।

पार्टीद्वारा आइतबार भैरहवामा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष घिसिङले आफ्नो पार्टी गरिब र किसानको पार्टी भएको दाबी गर्दै यस्तो प्रतिबद्धता व्यक्त गरे । 

खानेपानी र सिँचाइको समस्याप्रति चिन्ता सम्बोधनका क्रममा उनले  नेपाल जलस्रोतमा धनी भए तापनि अझै धेरै क्षेत्रमा खानेपानीको अभाव र सिँचाइको समस्या रहेकोमा चिन्ता व्यक्त गरे। पानी नै पानी भएको देशमा शुद्ध खानेपानीको लागि तछाडमछाड गर्नुपर्ने अवस्था छ, किसानले समयमा सिँचाइ पाउन सकेका छैनन्, उनले भने।

विगतका उपलब्धिहरूको चर्चा पार्टीले यसअघि गरेका कामहरूको प्रस्तुत गरेकाे भन्दै गरिब तथा सुकुम्वासी बस्तीहरूमा निःशुल्क विद्युत् मिटर वितरण गरिएको, खेत-खेतमा सिँचाइ पुर्‍याउन प्रति युनिट मात्र दुई रुपैयाँमा विद्युत् उपलब्ध गराइएको, हरेक घरमा उज्यालो पुर्‍याउने अभियानलाई तीव्रता दिएको बताए । 


भविष्यको योजनास् निःशुल्क बिजुली पार्टीले आफ्नो नयाँ घोषणापत्र र प्रतिबद्धता पत्रमा किसानहरूलाई लक्षित गरी विशेष योजना ल्याएको जानकारी दिएको छ। हामीले हाम्रो प्रतिबद्धता पत्रमा स्पष्ट उल्लेख गरेकाे भन्दै उनले अब उज्यालो नेपाल पार्टीको नेतृत्वमा हरेक किसानले निःशुल्क विद्युत् प्राप्त गर्ने बताए । सबैभन्दा ठूलो लोडसेडिङ राजनीतिक क्षेत्रमा रहेको छ ,  राजनीतिक क्षेत्रमा अनियमितासँगै यो क्षेत्र दुर्गन्धित र अध्यारो रहेको बताए ।  गरिबको माग सम्बोधन गर्ने शक्तिका रूपमा प्रस्तुत गर्दै आम नागरिकलाई सहयोगको लागि अपिल समेत गरेको छ।

उज्यालो नेपाल पार्टी जेनजी आन्दोलनपछि र आगामी फागुन २१ गतेको निर्वाचनमा भाग लिने सबैभन्दा नयाँ र उर्जाशील पार्टी भएको बताउदै जेनजी आन्दोलनको मागअनुसार र ती मागलाई सम्बोधन गर्न पार्टी स्थापना भएको बताए । 

मन्त्री हुँदा तीन महिनामा देशमा विकास निर्माणका काम कसरी काम गर्न सकिन्छ भनेर परिणाम र उदाहरण दिएको दावी गर्दै ‘उज्यालो नेपाल पार्टीसँग देशलाई कसरी समृद्ध र भ्रष्टाचारमुक्त बनाउने, सबै वर्ग, समूहलाई समेटेर समतामूलक समाज बनाएर अगाडि बढ्ने, सामाजिक न्याय कसरी दिलाउने, यो देशमा कसरी रोजगारी सिर्जना गर्ने र देशलाई आत्मनिर्भर बनाउने भन्ने रोडम्याप रहेकाे बताए।

प्रतिक्रिया