संविधानको पुर्नलेखन, संशोधन र पारिमार्जन हुनुपर्नेः उपेन्द्र यादव

खबर नागरिक

भैरहवा । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधानको पुर्नलेखन, संशोधन  र पारिमार्जन हुनुपर्ने बताएका छन । 

बुधबार रुपन्देहीको धकधईमा भएको विशाल जनप्रदर्शन तथा जनसभामा सम्बोधन गर्दै उनले  सबै जाताजाति, भाषाभाषी धर्म समुदायलाई संविधान छ भन्ने आभास हुने संविधान चाहिएको बताउदै संविधानको पुर्नलेखन, संशोधन  र पारिमार्जन हुनुपर्ने बताए । 

उनले अहिलेको संसदीय प्रणाली खारेज गरी जनताद्वारा निर्वाचित कार्यकारिणी राष्ट्रपतिय प्रणलीमा जानु पर्ने बताए । जसले राजनैतिक स्थायित्व, स्थिरता र विकास तर्फ नेपाल जाने बताए । निर्वाचन प्रणाली महगो भएकोले गरिब चुनाव लड्ने अवस्था नभएकोले सहभागिता पनि नहुने हुन्छ यसलाई परिवर्तन गरी विश्वका ७१ देशमा भएको खर्च नहुने निर्वाचन प्रणाली समानुपातिक निर्वाचन प्रणलीको व्यवस्था गर्नु पर्ने बताए ।


उनले भने, ‘जबसम्म नेकपा एमाले, नेपाली कांग्रेस र कम्युनिस्ट पार्टीहरू रहिरहन्छन्, तबसम्म मधेशका जनतालाई दमन गर्ने नीति जारी रहन्छ र देशको विकास पनि अवरुद्ध हुन्छ ।’

३५ वर्षमा नेपालको भविष्य नै संकट पारी काँग्रेस–कम्युनिष्टले देश र जनताको शोषणा, भ्रष्टाचार र कुशासन गरेका कारण जिएनजी आन्दोलन भएको बताए । युवाहरुले आवाज उठाएको जायज रहेकोमा सरकारको अंहकार र दम्भले वेवास्ता गर्दाको परिणाम विष्फोट हुदा सबै पद छोडी भाग्नु परेको बताए ।  ठूलो पार्टी भन्नेहरुमा चुनावमा जनताको डरले एक्लै लड्ने हिम्मत नभएको बताउदै जब सम्म काँग्रेस–कम्युनिष्टको शासन हुन्छ तबसम्म देशको विकास नहुने बताए । 

पूर्व उपप्रधानमन्त्री समेत रहेका अध्यक्ष यादवले मधेस आन्दोलनले देशमा ठूलो परिवर्तन गरी संघीय गणतन्त्र ल्याएको जसले आज आदिवासी जनजाती मधेसी दलितहरु केही शासन, प्रशासनमा आएको दाबी गर्दै नागरिकता समेत दिन आनाकानी गर्दा लडाई गरी नागरिकता ऐन विधेयक पारित गरी ३१ लाख जनालाई नागरिकता दिएको बताए । 

महिला र दलितको लागि निर्वाचन क्षेत्रलाई आरक्षित गरे सहभागिता हुने बताए । दुईतिहाई भन्दा बढि जनसंख्या भएको मधेसी समुदाय अहिले राष्ट्रिय शक्ति संरचना, राजनैतिक प्रतिनिधत्विर सहभागिता नाममात्रै रहेकोले बहिष्कृत गरि बञ्चित हुनुपरेकोले जनसंख्याको आधारमा महिला, दलित, मधेशी, खसआर्य, जनजाति, मुस्लिम लगायत सबैको न्यायोचित प्रतिनिधित्व हुनुपर्ने उनको जोड थियो ।


दुई तिहाई भन्दा बढि जनसंख्या भएको मुलुकका नागरिक अधिकार , अवसर र न्यायबाट बञ्चित हुनु भनेको मुलुकको विकास नभई शन्ति र सुरक्षा पनि स्थिर नहुने बताए । 

जसपा नेपाल लुम्बिनी प्रदेश अध्यक्ष रामअवतार यादवको अध्यक्षता, उपाध्यक्ष असलम खाँको स्वागतबाट सुरु भएको कार्यक्रममा केन्द्रिय सचिव कमरुद्दीन राई, पूर्व मन्त्री राम वचन यादव, लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफ्ले, लुम्बिनी प्रदेश कोषाध्यक्ष बच्चुलाल केवट, थरुहट मधेस लुम्बिनी प्रदेश अध्यक्ष सुमित्रा चौधरी, जिल्ला अध्यक्षहरु लगायतले बोल्दै मधेसमा दमन गरे देश दुर्घटनामा पर्ने,  मधेशका युवा र महिला जाग्नु पर्ने र अधिकारको लडाई गरि मधेश आजाद हुनुपर्ने बताए । 



प्रतिक्रिया