प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनका लागि दल दर्ता आह्वान

खबर नागरिक

निर्वाचन आयोगले फागुन २१ मा हुने प्रतिनिधि सभा र माध ११ मा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दल दर्ता आह्वान गरेको छ। 

प्रतिनिधिसभाका लागि त्यसका लागि मंसिर १ देखि १० गतेभित्र र राष्ट्रिय सभाका लागि मंसिर १ देखि ७ गतेभित्र दल दर्ता गरिसक्न आयोगले सूचना जारी गरेको हो।

आयोगले आज एक सूचना जारी गर्दै रिक्त हुन लागेका राष्ट्रिय सभा सदस्यका लागि र प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न आह्वान गरेको हो। आउँदो फागुन २० गतेदेखि राष्ट्रिय सभाका एक तिहाइ पद रिक्त हुँदैछ। राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालको कार्यकाल पनि आउँदो फागुनबाट सकिदैछ।

रिक्त हुने सदस्य परिपूर्तिका लागि माघ ११ गते निर्वाचन गर्ने तय भएको छ। राष्ट्रिय सभा निर्वाचनमा प्रदेशसभा सदस्य, नगरपालिकाका मेयररउपमेयर र गाउँपालिका अध्यक्ष र उपाध्यक्ष मतदाता रहनेछन्। प्रतिनिधि सभा निर्वाचन फागुन २१ गते हुने तय छ। 

प्रतिक्रिया