बालेन आज रुपन्देही आउने कार्यक्रम

खबर नागरिक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह बालेन आज रुपन्देही आउने कार्यक्रम छ। पार्टीले आयोजना गरेको ‘घण्टी अभिवादन तथा जनसम्पर्क कार्यक्रम’मा सहभागी हुन उनी यहाँ आउने भएका हुन । 

शनिबार उहाँको रुपन्देहीसहित कपिलवस्तु र नवलपरासी जिल्लामा जाने कार्यक्रम रहेको रास्वपा रुपन्देहीले जनाएको छ । बालेन शनिबार दिउँसो १ बजे रुपन्देहीको मर्चवारस्थित मर्चवारी देवी मन्दिर पुग्नुहुनेछ । त्यस्ते १ः२० बजे लुम्बिनीस्थित पर्साचोक, १ः४० बजे कपिलवस्तुको तौलिहवा, २ बजे बहादुरगंज र २ः२० बजे चन्द्रौटा पुग्ने कार्यक्रम छ। 

त्यस्तै ३ः१० बजे ४ नम्बर, ३ः५० बजे रुपन्देहीको भैरहवा, ४ः५ बजे धकधई, ४ः२० बजे पश्चिम नवलपरासीको परासी चोक, ४ः३० बजे बेलासपुर, ५ बजे गोपीगञ्ज र ५ः१५ बजे बर्दघाट जाने कार्यक्रम छ ।

रास्वपाका नेताहरूले शाहको रुपन्देहीआगमनले पार्टीलाई थप मजबुत बनाउने अपेक्षा राखेका छन्। शाहको यस भ्रमणले स्थानीयस्तरमा पार्टीको उपस्थिति र जनसम्पर्कलाई अझ प्रभावकारी बनाउने देखिन्छ।

रुपन्देही भ्रमणका क्रममा शाहले पाँचवटै निर्वाचन क्षेत्रका उम्मेदवारहरू सुनिल लम्साल क्षेत्र १, सुलभ खरेल क्षेत्र २, डा। लेखजंग थापा क्षेत्र ३, कन्हैया बनियाँ क्षेत्र ४ र तौफिक अहमद खाँन क्षेत्र ५ सँग भेटेर चुनावी माहोलबारे जानकारी लिने कार्यक्रम छ । साथै, समानुपातिक उम्मेदवारहरू, केन्द्रीय नेताहरू, जिल्ला समितिका पदाधिकारी तथा सदस्यहरू र स्थानीय नेताकार्यकर्ताहरूसँग पनि भेटघाट गर्नुहुनेछ।

‘घण्टी अभिवादन’ कार्यक्रमअन्तर्गत शाहले मतदाता र शुभेच्छुकहरूसँग प्रत्यक्ष भेटघाट गर्नेछन् । यो कार्यक्रम क्षेत्र नम्बर १ को धकधई, क्षेत्र नम्बर ४ को मर्चवार र क्षेत्र नम्बर ५ को लुम्बिनीमा तय भएको छ। पार्टीले आफ्ना शुभेच्छुकहरूलाई वरिष्ठ नेता सहभागी हुने स्थानहरूमा उपस्थित हुन अनुरोध गरेको छ ।



प्रतिक्रिया