राष्ट्रिय स्वतन्त्र पार्टीको सय बुँदे बाचापत्र सार्वजनिक (पूर्णपाठ)

खबर नागरिक

फागुन ७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आफ्नो चुनावी ‘वाचापत्र’ सार्वजनिक गरेको छ । बिहीबार कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट रास्वपाले चुनावी वाचापत्र सार्वजनिक गरेको हो ।

वाचापत्रमा रास्वपाले मध्यम वर्गको विस्तारलाई महत्व दिएको छ । यस्तै रोजगारी सिर्जना, प्रभावकारी स्वास्थ्य बीमा, दलमूक्त राज्य संयन्त्र, न्याय सुधारमा मेटिरोक्रेसी, सरकारी सुधारमा लाइन होइन, अनलाइन, निजी क्षेत्रसँग साझेदारी, करको बोझ हटाउने, १० वर्षमा मध्यम आय भएको मुलुक बनाउने, वार्षिक ७ प्रतिशत आर्थिक वृद्धि, प्रतिव्यक्ति आय तीन हजार डलर र ७ वर्षमा एक सय अर्ब डलरको अर्थतन्त्र बनाउनेजस्ता विषय समेटेको छ ।

सय बुँदे बाचापत्रमा सुशासन, पारदर्शिता, रोजगारी, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार विकास प्राथमिकतामा छन् । रास्वपाले भ्रष्टाचार नियन्त्रण, सरकारी सेवामा डिजिटल प्रणालीको विस्तार, युवालाई उद्यमशीलतामा प्रोत्साहन, स्थानीय उत्पादनको बजारीकरण र कर्णालीमा विशेष पूर्वाधार कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ ।

रास्वपाले एक पटकको नेपाली, सधैंको नेपाली भन्ने भावनात्मक सम्बन्धलाई कदर गर्दै केही विशिष्ट अपवादबाहेक सिद्धान्ततः दोहोरो नागरिकताको पक्षमा उभिँदै गैरआवासीय नेपालीको सम्पत्तिको अधिकारमा रहेका प्रशासनिक झन्झटहरूलाई तत्काल अन्त्य गर्ने उल्लेख गरेको छ  । रास्वपा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाहलगायत नेताहरूले वाचापत्र सार्वजनिक गरेका हुन् । 

पूर्णपाठ हेर्न यहा क्लिक गराै

प्रतिक्रिया