रूपन्देही। उज्यालो नेपालबाट रुपन्देही–२ मा बाट उम्मेदवार बनेका ई. सुरज पाण्डेले जेनजी आन्दोलनले राजनितिमा होमिएको बताउदै उनले कल्पनै नगरेको क्षेत्रमा प्रवेश गर्नुको मुख्य कारण पुरानो राजनितिक कर्मीलाई पाखा लगाउदै नयाँ सोचका साथ उभिने बताएका छन ।
ईन्जिनियर भएर देशलाई हाइडो«पावरमा योगदान दिएको र दिदै जाने बताउदै उनले यतीले मात्रै सन्तुष्टी नपाएर जेनजीको भाव अनुरुप भावी पुस्ताले बुझने गरी र पुराना प्रणालीका बाधक ऐन, नितिलाई संशोधन गरी अर्थिक र समाजिक विकासमा योगदान गर्नका लागि आफ्नो उम्मेदवारी रहने बताए ।
३० वर्षदेखि पुराना नेतृत्वले सम्भवै नभएको गफ दिएर जनतालाई गुमराहमा पारिरहे, मेट्रो–रेलको सपना बाडेर मात्रै हुदैन । सपना बाढेर चुनाव जित्ने र गर्ने अर्को काम भएकोले नै यसबाट दिक्क भएका नागरिकलाई अब परिवर्तनका लागि सम्भव हुने कामलाई मात्रै योजनामा राखेको बताए ।
पाण्डे केवल एक इन्जिनियर मात्र नभई परिवर्तनको आकांक्षा बोकेका उम्मेदवारका रुपमा रहेका छन । उनले रुपन्देही २ मा आठ संकल्पलाई अघि बढाएका छन् । ग्रीन कोरिडोर, उच्च क्षमताको विद्युत् व्यापार, सिद्धबाबा सुरुग मार्ग, धागो कारखाना, कालिकागण्डकी बहुउदेश्यीय योजना, बुटवल–पोखरा फास्ट ट्र्याक सडक, बुटवल–गोरुसिंगे चारलेन सडक, औद्योगिक हब र वैज्ञानिक वन तथा खनिज व्यवस्थापन उनको मुख्य बुँदा रहेको छ ।
बुटवलमै जन्मिएका पाण्डे एक उद्योगी तथा व्यवसायी हुन । छात्रवृत्तिमार्फत स्नातकोत्तर अध्ययनको अवसर पाएर विदेशबाट फर्किएका उनी साथीहरूसँग मिलेर २७ वर्षको उमेरमै तिलोत्तमा टिकुलीगढमा उद्योग स्थापना गरे । उनले जलविद्युत् उत्पादन, आपूर्ति तथा वितरण क्षेत्रमा समेत काम गरेका छन् । ‘लोडसेडिज मुक्त नेपाल’ घोषणाको समयमा सबैभन्दा धेरै जलविद्युत्मा योगदान दिएको उनको दाबी छ ।
विद्युत् सुधार र उज्यालो नेपालको अभियानले चर्चा कमाएका कुलमान घिसिङसँगको भेटले सुरज पाण्डेमा बदलाव आयो । परिवर्तन टाढाबाट आलोचना गरेर होइन, भित्रैबाट प्रयास गरेर सम्भव हुन्छ भनेर उनी समाज र आफ्नै जन्मथलोबाट उम्मेदवारका रुपमा छन ।