भैरहवा — अङ्ग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा होटेल पौवा भैरहवा शाखाले भव्य कार्यक्रमको आयोजना गरेको छ। नयाँ वर्षलाई रमाइलो र उत्सवमय बनाउने उद्देश्यले स्थानीय तथा राष्ट्रिय स्तरका चर्चित कलाकारहरूको प्रस्तुति रहने होटेलका महाप्रबन्धक निशान खरेलले जानकारी दिनुभयो।
कार्यक्रममा लोकप्रिय गायक–गायिका राजनराज शिवाकोटी, शान्तिश्री परियार तथा स्थानीय र भोजपुरी कलाकारहरूको विशेष प्रस्तुति रहने उहाँले बताउनुभयो। अघिल्ला वर्षहरूमा जस्तै यस वर्ष पनि सर्वसाधारणको पहुँचमा रहने गरी मिनिमम रेटमा विभिन्न स्टलहरू राखिने व्यवस्था गरिएको छ।
महाप्रबन्धक खरेलका अनुसार यस वर्ष अघिल्ला वर्षभन्दा फरक र नयाँ परिकारहरू थप गरिएको छ। स्वास्थ्यलाई ध्यानमा राखी नास्ता, खाजा तथा विभिन्न परिकारहरू ५० रुपैयाँदेखि ४०० रुपैयाँसम्म उपलब्ध गराइनेछ। यस कार्यक्रममार्फत करिब १० हजार दर्शक सहभागी हुने अपेक्षा गरिएको उहाँले जानकारी दिनुभयो।
यस वर्ष कार्यक्रम आयोजना हुने क्षेत्र अघिल्ला वर्षहरूभन्दा ठूलो रहेको र सबै उमेर समूहका दर्शकहरूलाई मनोरञ्जन प्रदान गर्ने विश्वास पौवा परिवारले व्यक्त गरेको छ। नयाँ वर्ष २०२६ लाई उत्साह, मनोरञ्जन र स्वादिलो खानासहित स्वागत गर्ने तयारी पूरा भएको आयोजकले जनाएको छ।